२ कार्तिक २०८३, सोमबार

भूकम्प अति प्रभावित क्षेत्रमा एमबीबीएस डाक्टर पठाइँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchok-photo5काठमाडौं, २६ वैशाख । भूकम्पबाट अति प्रभावित गाविसको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको व्यवस्था गरिने भएको छ ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिको सिफारिसमा स्वास्थ्य चौकीमा डाक्टर पठाउन लागेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भूकम्पपछि फैलिन सक्ने महामारी रोक्न प्रभावित क्षेत्रमा डाक्टर पठाउन लागिएको बताएका छन् ।

छात्रवृत्तिमा अध्ययन गरेका, करारमा सेवारत तथा स्वयंसेवी डाक्टरलाई गाउँ पठाउन लागिएको उनले जानकारी दिए । सबैलाई स्वयंसेवी डाक्टरको भूमिकामा गाउँमा पठाइने र तलब सुविधा भने दिने तयारी मनत्रालयको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पहिले अस्थायी रुपमा स्वास्थ्य चौकी बनाएर डाक्टरसहित स्वास्थ्य सामग्री पठाइने पनि मन्त्रालयले जनाएको छ ।

यसरी पठाइने डाक्टरको टोलीले हालसम्म भूकम्प प्रभावित गाउँमा पुगेका विदेशी स्वास्थ्यकर्मी टोलीलाई प्रतिस्थापन गर्नेछ ।