२ कार्तिक २०८३, सोमबार

घर भत्काउन सरकारद्वारा टोली परिचालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

/ftf] dT:o]Gb|gfya'ªdltl:yt jiff{ / ;xsfnsf b]jtf /ftf] dT:o]Gb|gfysf] b]jtf 3/ e"sDkn] elTsPkl5 eUgfjz]ifx? kG5fpFb} g]kfnL ;]gf / ;z:q k|x/Lsf 6f]nL . tl:a/ M /Tg >]i7, /f;;काठमाडौं, २६ वैशाख । सरकारले जोखिमयुक्त सरकारी र सर्वसाधारणको घर भत्काउन तथा व्यवस्थापन गर्न प्राविधिकको उच्चस्तरीय टोली गठन गरेको छ ।

सहरी विकास मन्त्रालयका प्राविधिक सहसचिव शिवहरि शर्माको संयोजकत्वमा गठित टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीका प्राविधिक अधिकारी रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

भूकम्पमा क्षति भएका तथा जोखिमयुक्त घर भत्काउने कार्य तत्काल थालिने टोलीका संयोजक सहसचिव शर्माले बताए ।

काठमाडौंलगायत भूकम्प प्रभावित जिल्लामा क्षति भएका घरमा भग्नावशेष छरपस्ट छन् । हजारौं घर जोखिमयुक्त अवस्थामा रहेका छन् ।

जुनसुकै बेला ढल्न सक्ने जोखिमयुक्त घरले नजिकैका राम्रा घरलाई पनि क्षति पुर्‍याउन सक्ने भएकाले छिटो भत्काएर भग्नावशेष हटाउन टोली गठन गरिएको हो ।