२ कार्तिक २०८३, सोमबार

भूकम्पले बेसहारा बनाएका बालिकालिका संरक्षण खोज्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbat-rahat (3)काभ्रे, २६ वैशाख । काभ्रे देवीटार गाविस १ का १६ वर्षीय पदम लामा गत वैशाख १२ सम्झिँदा झस्किन्छन् । उनकै आँखाअगाडि बुबा पेम्बा लामा पुरिए ।

बाहिर बुबासँगै लसुन केलाएर बसेका उनलाई पनि घर ढलेर ढुंगाले लाग्यो । उनले आमाबाबु पुरिएको हरेर बस्नुबाहेक अरु केही गर्न सकेनन् ।

आमा पुतलीमायाँ लामाको घरमा पुरिएर ज्यान गयो । गम्भीर घाइते भएका बुबाको समेत उपचार गर्न नपाएर ज्यान गएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनका भाइ १४ वर्षीय मदन भने विहान ८ बजे किताबकापी किन्न बनेपा गएका थिए । उनी सकुशल रहेका छन् ।

आमाबाबु सम्झेर रातभर रोएका पदमले काठमाडौमा बस्दै आएका दाइ सञ्जीव र दिदी छिरिङलाई पनि घटना सुनाउन सकेनन् ।

आमाको शव आइतबार मात्रै डोजरले निकाल्यो । पदम स्थानीय देवीस्थान माविमा कक्षा ९ मा पढ्छन् ।

पढेर गायक बन्ने सपना थियो उनको तर बुबा, आमाको मृत्युले सपना अधुरै रहने भयो ।

कक्षा ८ उर्तीर्ण गरी कक्षा ९ को किताब किन्न बनेपा गएका भाइ मदनले भने आफ्नो बुबा र आमालाई किनेर ल्याएको कापी किताव देखाउन समेत पाएनन् ।