
काठमाडौं, २१ असोज । नेकपा एमालेले प्रदेश १ को ५ जिल्लामा आफ्नो उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले प्रदेशको सङ्खुवासभा, तेह्रथुम, खोटाङ र सोलुखुम्बुका उम्मेदवार टुंगो लगाएएको हो ।
संखुवासभामा राजेन्द्र गौतम र खोटाङमा विशाल भट्टराई उम्मेदवार बन्ने भएका छन् । २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेका गौतम र भट्टराई निर्वाचित भएका थिए ।
यसैगरी, एमाले स्थायी कमिटी सदस्य विजय सुब्बा तेह्रथुमबाट उम्मेद्वार बन्ने भएका छन् भने पूर्व मुख्यमन्त्री शेरधन राई भोजपुरबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने पक्का भएको एमाले स्रोतले जनाएको छ ।
हेर्नुहोस् प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवारहरुः
सङ्खुवासभा
प्रतिनिधि सभा
राजेन्द्र गौतम
प्रदेश सभा
भविश्वर गुरुङ
विदुर सुब्बा
तेह्रथुम
प्रतिनिधि सभा
विजय सुब्बा
प्रदेश सभा
किशोरचन्द दलाल
तेजमान कन्दङ्वा
भोजपुर
प्रतिनिधि सभा
शेरधन राई
प्रदेश टुंगो लाग्न बाँकी
खोटाङ
प्रतिनिधि सभा
विशाल भट्टराई
प्रदेश सभा
पिके राई
रामप्रसाद दंगाल
सोलुखुम्बु
प्रतिनिधि सभा
मानवीर राई
प्रदेश सभा
उत्तम बस्नेत
बुद्धिकुमार राजभण्डारी











प्रतिक्रिया