
काठमाडौं, २१ असोज । नेकपा एमाले र राप्रपाबीचको चुनावी तालमेल सहमति नजिक पुगेको छ ।
शुक्रबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोट पुगेर तालमेलको विषयमा कुराकानी भएको र सहमति नजिक पुगेको बताइएको छ ।
राप्रपाले कति सिट र कुन-कुन क्षेत्र पाउने भन्ने बारे भोलि शनिबार बस्ने बैठकले टुंगो लाग्ने बताइएको छ ।











प्रतिक्रिया