४ कार्तिक २०८३, बुधबार

पर्यटकको हवाई उद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २१ असोज । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ ।

लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।

डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पु¥याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ ।

रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी दिए। पर्यटकको आगमन समय सुरु भइसकेका कारण हिमाली क्षेत्र रसुवाको गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रका पदमार्गमा रौनकता बढिसकेको पर्यटन व्यवसायीले जनाएका छन् ।