१ कार्तिक २०८३, आइतबार

जापानको आकाशमाथि उत्तर कोरियाली मिसाइल प्रहार भएपछि…

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १८ असोज । उत्तर कोरियाली जापानको आकाशमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहार भएर जापानको आकाशमा देखिएपछि त्रास फैलिएको थियो ।

सबेरै मिसाइल देखिएपछि जापानी सञ्चारमाध्यममा मुख्य खबर बन्न पुग्यो । मिसाइल देखिएका क्षेत्रहरुमा साइरन नै बजाइएको थियो । उत्तर जापानका नागरिक साइरनको आवाज सुनेर उठेका थिए । उनीहरुलाई भवनबाट बाहिर निस्कन या भूमिगत हुन भनिएको थियो ।

सन् २०१७ यता उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि मिसाइल प्रहार गरेको हो । पछिल्लो समय उत्तर कोरियाली आणविक अस्त्रको परीक्षण गर्ने विषय चर्चामा छ ।

यसबीच उसले जापानी आकाशमा मिसाइल प्रहार गरेको हो । मिसाइल एक हजार किलोमिटर उचाईमा पुगेको जनाइएको छ । उत्तर कोरियासँग लामो दूरीका शक्तिशाली मिसाइलहरु छन् ।