२ कार्तिक २०८३, सोमबार

मधेशमा बढ्यो एमालेको लोकप्रियता, ओली उपस्थित सप्तरीको कार्यक्रममा हजारौँ सहभागी (फोटोफिचर)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा एमालेले आज सप्तरीमा भव्य चुनावी सभा सम्पन्न गरेको छ ।

यसअघि २०७३ सालमा एमालेलाई चुनावी गतिविधि गर्नमै अवरोध गरिएको सप्तरीमा आज हजारौँको सहभागितामा सभा आयोजना गरिएको एमाले केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

कुनै दिन एमालेको कार्यक्रम हुँदै गर्दा ढुंगामुढा बर्सिनाका साथै गोली समेत चलेको ठाउँमा एमालेको भव्य सभा सम्पन्न हुनु आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेको विजय सुनिश्चित भएको रिजालको भनाई छ ।

पुरानो घटना स्मरण गर्दै रिजालले भने, ‘आज त्यही सप्तरीमा हजारौंको संख्यामा मानिस कमरेड केपी ओलीलाई सुन्न उपस्थित भए, हालसम्मकै शानदार सभा भयो । विहानीले दिउँसोको सङ्केत गर्दछ । मंसिर ४ को प्रतीक्षामा छ, मधेश !’

यसअघि सप्तरीमा २०७३ फागुन २३ गते एमालेद्वारा आयोजित आमसभामा अध्यक्ष केपी शर्मा ओलीले बोल्दाबोल्दै ढुंगामुढा गरिनाका साथै गोली समेत प्रहार चलाइएको थियो ।