
काठमाडौं, १४ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले महामारीको रूपमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारले तदारुकता नदेखाएको बताएका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल डेंगुको उच्च जोखिममा रहेकाले सर्वसाधारण त्रसित भइरहँदा पनि सरकार मौन बसेकोप्रति तीखो आलोचना पनि गरेका छन् ।
विश्वव्यापी कोभिड–१९ महामारी नियन्त्रणबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले अहिले डेंगु नियन्त्रणमा चुकेको आरोप उनले लगाएका छन् ।
‘दिनदिनै गठबन्धनको सिट बाँडफाँडमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरु जनताको स्वास्थ्यप्रति विल्कुलै उदासिन हुनु दुर्भाग्य हो । कोभिडको समयमा केपी ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रण बारेमा केपी ओलीलाई आलोचना गर्न नथाक्नेहरु आज डेंगुु नियन्त्रणमा किन चुक्दैछ,’ पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तामाङले भने, ‘स्मरण रहोस केपी ओली नेतृत्वको सरकारले नै कोभिडको नियन्त्रण गरेको हो । म आफैं स्वास्थ्यमन्त्री भएको बेला कोभिड खोप अनुदानमा ल्याउने र खरिद गर्ने सम्झौता भएर सोही मुताविक हामीले खोप ल्याएका हौं । सोही खोप लगाएर आज छिटफुट कोभिड केही बाँकी भए पनि हामी आमरुपमा कोभिड मुक्त भएका छौं ।’
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया