१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसका कारण एकैदिन थप ३४ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मनिला, १३ असोज । फिलिपिन्समा कोरोना भाइरसका कारण थप ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ ।

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २८ हजार १७२ रहेको छ ।

फिलिपिन्समा कोरोना भाइरसका कारण अहिलेसम्म ६२ हजार ९६१ जनाको मृत्यु भएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

झण्डै एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला महानगर क्षेत्रमा मात्रै पछिल्लो एक दिनमा एक हजार १४९ जना सङ्क्रमित भएका छन् ।