
काठमाडौं, १३ असोज । सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा विशेष छुटको योजना अगाडि सारेको छ ।
जस अन्तर्गत सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशत वा अधिकतम रू. १०० सम्मको छुट प्रदान गर्ने भएको छ ।
यो योजना २०७९ असोज १६ गतेदेखि २२ गते र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोन–पे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा छन् ।















प्रतिक्रिया