५ कार्तिक २०८३, बिहिबार

भारतीय सेनाको ‘कब्जा’मा पोखरा विमानस्थल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_army
फाइल तस्वीर

पोखरा, २५ वैशाख । नेपाल सरकारले ‘घर जाउँ’ भन्दा पनि नमानेको भारतीय सेनाको उद्दार टोलीले पोखरा विमानस्थल ‘कब्जा’ गरेको खुलासा भएको छ ।

भूकम्पपीडतहरुको खोज उद्दार तथा राहतका लागि आएको भारतीय सेनाले पोखरा विमानस्थलमा नेपाली सेनालाई अटेरी गरेर आफुखुसी उडान गरिरहेको खुलासा भएको हो । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले भारतीयहरुले आफूखुशी उडान भरिरहेको सञ्चारकर्मीलाई शुक्रबार जानकारी दिएका छन् ।

भारतीय टोलीले विमानस्थलमा मनोमानी गरेपछि गोरखाको पालुङटारमा विहीबारदेखि सुरु गर्ने भनिएको उद्धार कार्य समेत प्रभावित भएको छ । भारतीयहरुले नेपाली सुरक्षाकर्मीसँग समन्वय नगरी आफूखुशी हेलिकोप्टर उडान गरेपछि पोखरा विमानस्थलमा विवाद पनि भएको छ ।

indian_media
फाइल तस्वीर

भारतीय सेनाका जवानहरुले नेपाली सेनाका उच्च अधिकारीलाई समेत अटेरी गरेको नेपाली अधिकारीले गुनासो गरेका छन् । ‘विमानस्थल आफ्नै हो भनेर मनोमानी उडान गरिरहेका छन् । राहत बाँड्नुको सट्टा अन्त अन्त ठाउँमा घुमिरहेका छन्,’ नेपाल प्रहरीका एक अधिकारीले भने ।

यसैबीच पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले मनोमानी गर्ने भारतीयहरुलाई घर फर्काइने चेतावनी दिएका छन् । आफूखुसी उडान गर्ने नेपाली सेनालाई नटेर्ने कार्य भइरहेको भन्दै तत्काल फिर्ता पठाउने बताउनुभयो ।

उहाँले भारतीयहरुलाई सचेत समेत गराएको बताउनुभयो । यसअघि सरकारले सबै विदेशी टोलीलाई फिर्ता पठाउने निर्णय गरेको थियो । तर भारतले विभिन्न बहाना बनाएर अझै फिर्ता जान मानेको छैन् । यसअघि पोखरामै भारतीय पत्रकारले नेपाली सुरक्षाकर्मीमाथि हातपात गरेका थिए ।