३ कार्तिक २०८३, मंगलबार

नेकपा एसका अध्यक्ष माधव नेपाल भन्छन्– मेरो पार्टीमा पनि ‘अवसरवाद’ देखियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा पनि प्रसस्तै अवसरवाद देखा पर्न थालेको बताएका छन् ।

आव बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अवसर नपाए पार्टी र नेताहरुलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखा परेको बताएका हुन् ।

आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा अनुचित रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हामफालिहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको बताएका छन् ।