
काठमडौं, १३ असोज । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले चाडपर्वका बेला आपूर्ति सहजीकरण र शान्ति सुरक्षामा बिशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौंमा गरेको अन्तक्र्रियामा उनले चाडपर्वमा बजार अनुगमन गर्दै आपूर्ति सहजीकरण र मूल्यको अवस्थामा बारेमा निरन्तर जानकारी लिने काम भइरहेको बताएका हुन् ।
उनले वाणिज्य विभागसँगको सहकार्यमा अहिले पनि बजार अनुगमन भइरहको जानकारी दिए । शान्ति सुरक्षालाई प्रभावकारी बनाउन चाडपर्वलक्षित सुरक्षा योजना बनाइएको उनको भनाई छ ।

उपाध्यायले उपत्यकाको सडक अवस्था, सार्वजनिक सवारीको अवस्था तथा उपभोक्ता हितका लागि सर्वपक्षीय छलफल गरेर आवश्यक निर्णय गरिएको धारणा उनले व्यक्त गरेका छन् ।
त्यस्तै बिपत् व्यवस्थापनका लागि पनि सवै पक्षलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।















प्रतिक्रिया