३ कार्तिक २०८३, मंगलबार

घुम्ती शिविरमार्फत २६ वटा पशु बन्ध्याकरण, ६१२ जना कृषक लाभान्वित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १३ असोज । तनुहँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरको छैटौं दिनसम्म आइपुग्दा ६१२ जना कृषक प्रत्यक्ष लाभान्वित बनेका छन् ।

पालिकाका विभिन्न भागमा गरिएका घुम्ती शिविरमार्फत पशु शाखा अन्तर्गत ६१२ जना कृषकले सेवा लिएका हुन् ।

शिविरको पहिलो दिन मान्ह्रौ र गुणादीमा गरिएको सेवामा १४० जना कृषकले सेवा लिएका थिए भने दोश्रो दिन बाख्रेमा ७५ जना, तेश्रो दिन गुञ्जरा र जामुनेमा ८० जना, ऋषिथुम र पिपलडिहीमा ११० जना, किलचोक र वेलटारमा ९८ जना कृषकले सेवा लिएका हुन् ।

यसैगरी धयेर र पसलेमा भएको शिविरबाट १०९ जना कृषकले सेवा लिएको कृषि शाखाका प्रमुख श्रीकृष्ण पौडेलले जानकारी दिए । शिविरमा गोबर परीक्षणतर्फ ७९ जना कृषक, २५ वटा पाठाको बन्ध्याकरण, एउटा बहर गोरुको बन्ध्याकरण गरिएको शाखाले जनाएको छ । घुम्ती शिविरमा विभिन्न सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य जनसहभागिता रहेको बताइएको छ ।

एकीकृत घुम्ती शिविरअन्तर्गत कोभिड–१९ बिरुद्धको खोप सेवा, कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवातर्फ बहिरङ्ग सेवा प्रदान गरिदै आएको छ ।

यहि असोज २ गतेदेखि शुरु भएको घुम्ती शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।