३ कार्तिक २०८३, मंगलबार

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल–पे क्यूआरमा १० प्रतिशत क्यास ब्याक अफर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । माछापुच्छ्रे बैंकले एनसीएचएलसँगको सहकार्यमा दशैं पर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।

चाडवाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा पुग्ने विश्वासका साथ क्यासब्याक अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो अफर यही असोज १४ गतेसम्मका लागि लागू हुनेछ ।

जस अन्तर्गत बैंकका ग्राहकले नेपाल–पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै बैंकसँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडवाडलाई लक्षित गरी कपडा एवम् जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नवीनतम डिजिटल सेवाहरु मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता खोल्ने (मुद्दती खाता खोल्न) लगायत थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको जानबारी बैंले दिएको छ ।