
काठमाडौं, १२ असोज । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदिश खड्का नियुक्त भएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट खड्कालाई ई–सेवाको सञ्चालक समितिले सीईओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीइओ खड्कालाई ई–सेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनीयतताको सपथ ग्रहण गराए ।
सीईओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।















प्रतिक्रिया