३ कार्तिक २०८३, मंगलबार

म्याग्देमा घुम्ती शिविरमार्फत चार हजार ८३९ जनालाई स्वास्थ्य सेवा प्रदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १२ असोज । तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट आलसम्म चार हजार ८३९ जनाले विभिन्न सेवा प्रदान गरिएको छ ।

शिविरको सातौँ दिनसम्म आइपुग्दा चार हजार ८३९ जना जनताले स्वास्थ्य सेवा लिएका हुन् । पालिकाको वडा नं १ को मान्ह्रौबाट सुरू भएको घुम्ती शिविरको सातौ दिनसम्म आइपुग्दा स्वास्थ्य सेवा अन्र्तगतका सेवा लिएका हुन् ।

स्वास्थ्य सेवा अन्तर्गतको ओपीडी सेवामा स्वास्थ्य परीक्षण एक हजार ५५८ जनाले सेवा लिएका छन् भने उच्च रक्तचाप २४१ जना, सीओपीडी ७३ जना, मधुमेहका १०१ जना विरामीले सेवा लिएका छन् । यसैगरी प्रयोगशाला सेवा अन्तर्गत एक हजार ४४१ जनाले सुगर परीक्षण गराएका छन् ।

यसैगरी शिविरमा कोभिडको खोप लिने ४६७ जना रहेका छन् । आयुर्वेद सेवा ६३१ जनाले लिएका छन् भने वालस्वास्थ्य सेवा ५४ जनाले लिएका छन् । स्वास्थ्य परीक्षण मध्ये मधुमेहको १०१ जना र भिएल ए पोजेटिभका २० जनालाई सम्बन्धित अस्पतालमा रिफर गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले जानकारी दिए ।

शिविरबाट कोभिड १९ बिरुद्धको खोप सेवा, कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत ज्येष्ठ नागरिक र अपाङ्ग परिचयपत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवातर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परीक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

घुम्ती शिविरमा पालिकाका अध्यक्ष, उपाध्यक्ष कार्यकारी अधिकृत, वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । यहि असोज २ गतेदेखि सुरू भएको घुम्ती शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।