३ कार्तिक २०८३, मंगलबार

सरकारले डा.गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन नगर्न माग

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारसँग दश बुँदे सहमति भएपछि त्रिविवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर (८ असोज २०७९) मा पछिल्लो पटकको अनशन तोड्दै डा. गोविन्द केसी ।

काठमाडौं, १२ असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूले डा. गोविन्द केसी र नेपाल सरकारबीच गत असोज ८ गते भएको सहमतिको एउटा बुँदामा आपत्ति जनाएका छन् ।

उनीहरूले डा. केसी र सरकारबीच गठित वार्ता समितिले बुँदा नं १ (ठ) ‘चिकित्सक कार्यरत सबै स्वास्थ्य संस्थाहरुको नेतृत्व चिकित्सकले नै गर्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गर्ने’ उल्लेख भएकोबारे आपत्ति जनाएका हुन् ।

चिकित्सक कार्यरत संस्थाको प्रमुख चिकित्सक मात्रै हुने भन्ने भाष्यले अन्य विधाका जनशक्तिलाई अपमानित गरिएको ठहर गरेको उनीहरूको भनाइ छ ।

सहमतिको बुँदा १ (ठ) कुनै पनि हालतमा कार्यान्वयन नगर्न र आगामी दिनहरुमा विभिन्न विधाका स्वास्थ्यकर्मी/जनस्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने कार्य नगर्न उनीहरूले नेपाल सरकारसँग जोडदार माग गर्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल नर्सिङ संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल र नेपाल जनस्वास्थ्य हेल्थ संघलगायतले उक्त बुँदा कार्यान्वयन नगर्न माग गरेका हुन् ।