३ कार्तिक २०८३, मंगलबार

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकद्वारा सात लाख रूपैयाँ हस्तान्तरण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमाबापतको रकम प्रदान गरेको छ ।

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भी २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।

बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ ।

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भी २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश १ का प्रमुख विबेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रूपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भी २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रूपैयाँको दुर्घटना बीमा गरिदिएको छ । ग्राहक र उनीहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरूका लागि यो योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।