१ कार्तिक २०८३, आइतबार

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उनिहरु निर्वाचित भएका हुन् ।

गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।