
काठमाडौं, ११ असोज । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाइएको हो ।
‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाइएको छ ।
दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।
दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको थियो ।
काठमाडौं, पोखरा, लुम्बिनीलगायत पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
कहाँ–कहाँ के–के भए तस्वीरमा हेर्नुहोस्–

विश्व पर्यटन दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले मङ्गलबार आयोजना गरेको नगरपालिका मणिकर्णिका, वाल्मिकेश्वर, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव कलमसिसम्मको दस किलोमिटर लामो ‘एक दिवसीय पदयात्रा कार्यक्रम–२०७९’ मा सहभागी ।

विश्व पर्यटन दिवसको अवसरमा मनाङ भित्र्याएका बिदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र ए क्यापले स्वागत गरेको छ । लमजुङ बेशिसहरदेखि शुरु हुने यस पदमार्ग मनाङ हुँदै कास्कीको नयाँ पुल पुगेर टुङ्गिन्छ । गत साउनदेखि हालसम्म ७० देशका नागारिकले मनाङ भ्रमण गरेको संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

प्रदेश नं १ का श्रम, उद्योग तथा रोजगारमन्त्री प्रकाशप्रताप हाङगाम मङ्गलबार ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको परेवा उठाएर शुभारम्भ गर्दै । पर्यटन दिवसको अवसर पारेर महोत्सव सुरू गरिएको हो ।


























प्रतिक्रिया