३ कार्तिक २०८३, मंगलबार

यसपटकको चुनाव लडाईं हो, एमालेले जितेर सरकार बनाउँछ : ईश्वर पोखरेल (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताएका हुन् ।

‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन,’ उनले भने, ‘यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष पनि गरेका छन् । ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन् । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए । तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने आधार पनि प्रस्तुत गरेका छन् । उनले एकलाख भन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरिसकेको पनि जानकारी सो अवसरमा दिएका छन् ।

‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन् । त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ,’ पोखरेलले भने ।