
काठमाडौं, ११ असोज । काठमाडौं क्षेत्र न २ बाट स्वतन्त्र उम्मेदवारी दिएका अनुप बोहराले रवि लामिछानेले प्राइमरीको नाममा राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।
रवि लामिछाने आफूसँग प्राइमरी लड्न डराएका कारण आफूलाई सूचना नदिएको अनुप बोहराको आरोप छ ।
उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पुरानै राजनीति दलहरूसरह रहेको आरोप लगाएका छन् ।
बोहोराले उक्त पार्टीले लिएको प्राइमरी निर्वाचनलाई स्क्यामको संज्ञा दिएका छन् ।
अनुप बोहरा काठमाडौं क्षेत्र नम्बर २ बाट बलियो उम्मेदवार हुन् । उनले लिएको प्रमुख एजेन्डा आर्थिक विकास र समृद्धि रहेको छ।















प्रतिक्रिया