
काठमाडौं, १० असोज । विराटनगरका मुरारी पाण्डेले टीभीएस रेडर नकिन्दै नगद पुरस्कार जितेका छन् ।
नेपालका लागि टीभएिसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई दृष्टिगत गर्दै ल्याएको ‘कायापलट’ विशेष योजनामा पाण्डेले सो पुरस्कार जितेका हुन् ।
कम्पनीले योजना सार्वजनिक गरेको एक महिना पनि नपुग्दै पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै पाँच हजार रुपैयाँ र किनेपछि दश रुपैयाँ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका हुन् ।
साथै जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइल्सबाट टीभीएस रेडर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
यसैगरी धापासी निवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आई स्कुटर खरिद गर्दा १००% क्यासव्याक पाएका छन् ।
कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्रहाकहरुले लाखौंको नगद उपहार पाएका छन् । ‘कायापलट’ योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।
यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दश लाख रुपैयाँसम्म जिले मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई ‘रियलमी सी३० स्मार्ट फोन’ प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रू. ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रू. ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने छ ।
यो योजना देशभर सीमित अवधिका लागि उपलब्ध गराइएको र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की–ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिदै आएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया