
म्याग्दी, १० असोज । हिन्दुहरूको महान चाड बडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर मालिका–५ म्याग्दीको गौ बोमबस्त माध्यामिक विद्यालयमा पहिलो पटक विद्यालयमा दशैं विशेष कार्यक्रम आयोजना गरिएको छ ।
विद्यालयमा अध्ययरत साना विद्यार्थीहरुलाई शिक्षकहरुले टीका र आर्शीवाद दिएर विद्यालयले दशै सोमबार मनाएको हो ।
गौ बोमबस्त माध्यामिक विद्यालयमा मन्टेश्वरी र कक्षा १० सम्म अध्ययरत ३०० जना विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीसहित अन्य शिक्षक तथा शिक्षिकाहरुले दशैंको टीका लगाइ र्आीवाद दिएका हुन् ।
‘चार्डपर्व भित्रिएको हुनाले विद्यालयमा दशैंको कार्यक्रमम राखिएको प्रधानाध्यापक अमृत बुढाथोकीले जानकारी दिए । ‘विद्यार्थीलाई दशैंको अनुभूति र सांस्कृतिक महत्व बुझाउन नवरात्रीको पहिलो दिन घटस्थापनकामा विद्यालयमा दशैं कार्यक्रम राखेका हौं,’ प्रधानाध्यापक बुढाथोकीले भने ।

सोही अवसरमा विद्यालयले स्कुलले शिक्षक, विद्यार्थी, अभिभावकबीच बिजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम समेत राखिएको थियो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष पीपला बुढाथोकीले शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई शुभकामना दिएका थिए । साथै सोही अवसरमा विद्यार्थीहरुले विद्यालय रंगरोगन तथा सरसफाइ समेत गरेको प्रतिभा बाल क्लबका अध्यक्ष विपासा सिउथानीले जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन शिक्षक चेतबहादुर जीटीले गरेका थिए ।















प्रतिक्रिया