५ कार्तिक २०८३, बिहिबार

विस्फोटक पदार्थको सुरक्षामा तैनाथ नेपाली सेनाका सैनिकको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-senaधुन्चे (रसुवा), २५ वैशाख । मैलुङ इलाका क्षेत्रमा हराइरहेका एक सैनिकको शव फेला परेको छ ।

नारायण दल गणका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सडक निर्माण गर्ने क्रममा ल्याइएको विस्फोटक पदार्थको सुरक्षामा तैनाथ कञ्चनपुर घर भएका सिपाही केशव विष्टको शव फेला परेको हो ।

यस्तै उक्त आयोजनामा काम गर्ने रामेछाप जिल्ला पकरबास–४ बस्ने विष्णु मैनाली पनि मैलुङ क्षेत्रमै मृत अवस्थामा फेला परेको र दुवैको शव परीक्षणका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको नेपाली सेनाले जनाएको छ । रासस