३ कार्तिक २०८३, मंगलबार

उग्र रुप लिँदै कांग्रेसको विवाद : पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार ठमेलमा बसेको सो समूहको बैठकले असोज १२ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । असोज १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश स्‍नेही सहभागी छन् । यस्तै नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी रहेको बताइएको छ ।

बैठकले सभापति शेरबहादुर देउवाप्रति नरम देखिएका उपसभापति धनराज गुरुङको चर्को आलोचना गरेको पनि बताइएको छ ।