
भक्तपुर, १० असोज । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर–घरमा घटस्थापना गर्नका लागि माटो लिन भक्तपुरको च्यामासिंहमा भीड लाग्ने गरेको छ ।
भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको हो ।
जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ ।
माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।















प्रतिक्रिया