
काठमाडौं, १० असोज । कतार एयरवेजले सातौं पटक पनि ‘एयरलाइन अफ द इयर अवार्ड’ जितेको छ ।
एयरवेजले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरवेजको अवार्ड पनि जितेको जानकारी दिएको छ ।
सन् २०२२ मा एयरवेजले आफ्नो २५औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काइट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयरको उपाधि दिएको हो ।
लण्डनमा आयोजित एक भव्य समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरवेजइन मिडल इस्ट गरी थपतीन वटा अवार्ड पनि जितेको छ ।
कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयरको उपाधि जितेको छ ।















प्रतिक्रिया