३ कार्तिक २०८३, मंगलबार

आइकाओ महासभामा भाग लिन पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् ।

क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरू हुने महासभामा १९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु सहभागि हुनेछन् ।

सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताइएको छ । साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउने छन् ।

महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ ।

महासभा अक्टोबर ७ सम्म चल्नेछ ।