१ कार्तिक २०८३, आइतबार

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज जितेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८६ रन बनाएको थियो । योसँगै भारतले टी-२० सिरिज २/१ ले जितेको छ ।

सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने भारतले पछिल्ला दुवै खेल जितेर सिरिजमा कब्जा गरेको छ । योसँगै अस्ट्रेलियाको भारत टूर पनि सकिएको छ । भारतले अब दक्षिण अफ्रीकाविरुद्ध ३ खेलको टी-२० सिरिज खेल्ने छ ।