१ कार्तिक २०८३, आइतबार

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी प्रदर्शन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा भएको विशेष समारोहमा सो ट्रफी पदर्शन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना अनुरूप आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रूपमा लिई नेपाल एपिएफ क्लबबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरूले उच्च मनोबलका साथ आ–आफ्नो खेलकुद विधामा पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए ।

गण्डकी प्रदेशको पोखरा लगायत आसपासका जिल्लाहरूमा संचालन हुने उक्त प्रतियोगितामा कुल ३६ खेल विधा समावेश गराई सञ्चालन गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लवको तर्फबाट ३१ खेल विधामा ५३४ जना खेलाडीहरूको सहभागीता रहने छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, रनिङ ट्रफी टुर कार्यदल समितिका संयोजक नेपाल ओलम्पियन संघका अध्यक्ष ओलम्पियन दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाही, अल्ट्रा म्याराथुन धाविका मिरा राई, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल एपीएफ क्लबका खेलाडी तथा अफिसियलहरू लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरूको उपस्थिति रहेको थियो ।