३ कार्तिक २०८३, मंगलबार

सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति अनुगमन गर्न समिति गठन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । सरकारले सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति लगाएका बिषयमा अनुगमन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवम् दुर्घटनालाई न्यूनिकरण गरि नागरिकको आवागमनलाई सुरक्षित बनाउनका लागि सवारीसाधनको अवस्थाको अनुगमन, नियमन, सुपरीवेक्षण गर्न गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

बैठकले बिज्ञापन बोर्डका लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने शताव्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य मन्त्रालयले एक जना नर्स उपलव्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जीवनयापनका लािग मासिक २५ हजार भत्ता उपलव्ध गराउँदै आएको उक्त रकममा बृद्धि गरि मासिक ५० हजार रुपैया उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले दार्चुला जिल्लाको महाकाली नगरपालीका र नौगाढ गाँउपालीकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

बैठकले चूरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने, विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनका लािग जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।