३ कार्तिक २०८३, मंगलबार

मंसिर ४ गतेको चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘मन्त्रिपरिषदको मिति २०७९–०५–२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०७९–०५–२७ को पत्रका आधारमा सम्व्त २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।