३ कार्तिक २०८३, मंगलबार

केयूकेएलका सीईओको राजीनामा माग गर्दै कार्यालयमा ताला र धर्ना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको राजीनामा माग गर्दै विभिन्न कर्मचारी संगठनहरुले तालाबन्दीसहित धर्नालाई जारी राखेका छन् ।

केयुकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य असक्षम भएको भन्दै तीन दिन अघि उनको कार्यकक्षमा तालाबन्दी गरेका कर्मचारीहरुले धर्नालाई जारी राखेका हुन् ।

शाक्यबाट राम्रो कार्यसम्पादन हुन नसकेकाले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । कर्मचारीहरुले सञ्चालक समितिले आफूहरुसँग गरेको भद्र सहमति अनुसार द्रुत प्रक्रियाबाट कार्यकारी अधिकृतको बहिर्गमन नगरेसम्म संस्थाभित्र मौलाएको बेतिथी, विसंगती, अपारदर्शीता नियन्त्रण हुन नसक्ने केयुकेएल एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले बताए ।

कर्मचारीहरुले आफूहरूको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।