३ कार्तिक २०८३, मंगलबार

समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध मुलुक निर्माणका लागि देशमा एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चले आज शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान-प्रदान, चियापान तथा निर्वाचन केन्द्रित कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

‘समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ,’ उनले भने । देश, राष्ट्रियता र समृद्धिका लागि एमालेले हालसम्म गरेका कामलाई जनतामाझ लैजान सके आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने विश्वास उनले व्यक्त गरेका छन् । पार्टीभित्र एकता कायम राख्दै नेकपा एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्नेमा पोखरेलको जोड छ ।

शुभकामना आदन प्रदान, चियापान तथा निर्वाचन केन्द्रित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, लेखा आयोग सदस्य मिन राज कँडेल, एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, चन्द्र रिजाल, उत्तम पाठकलगायत नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष सञ्जिव पाण्डेले आगामी निर्वाचनमा एमालेलाई जिताउन काठमाडौं बसोबास गरेका धादिङवासी आजैदेखि कार्ययोजना बनाएर लाग्नुपर्ने बताए ।