
तनहुँ, ८ असोज । श्रीकण्टार चापाघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २२औँ वार्षिक साधारणसभा एवम् दशौँ अधिवेशन सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष बलभद्र खनालको अध्यक्षतामा भएको अधिवेशनमा व्यास–५, का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि विष्णुकुमार श्रेष्ठ हिमालले खानेपानी हरेक व्यक्तिको न्युनतम आवश्यकता भएको हुँदा यसको व्यवस्थापन र शुद्धतामा ध्यान दिन आग्रह गरे । जीवनसँग जोडिएको विषयमा हामी सबै एकतावद्ध भई यसको व्यवस्थापनमा जोड दिनुपर्दछ ।
खानेपानी दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको हुँदा अब यसको गुणस्तरमा ध्यान दिनुपर्दछ, वडा कार्यालय खानेपानीको व्यवस्थापन र वितरणमा सधैं तत्पर रहेको छ । वडाध्यक्ष श्रेष्ठले बताए ।
यसैगरी संस्थाको अध्यक्ष बलभद्र खनालले आफ्नो कार्यकालमा खानेपानीको विस्तार, यसको व्यवस्थान, टंकी निर्माण, मर्मत सम्भार र योजनामा सबैको सहयोगले सफल भएको बताए । प्रदेश तथा संघीय बजेटको निकाशामा सबैको पहलले सम्भव भएको हुँदा अबको दिनमा खानेपानीको सेवा झन् बढोत्तरी हुने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष वुद्धिमान श्रेष्ठ, लेखा संयोजक रविचन्द्र खनाल, सल्लाहकार श्रीभद्र खनाल, सुरक्षा समिति संयोजक पदम कुमार श्रेष्ठ लगायतले धारणा राखेको थिए भने कार्यक्रमको सञ्चालन सचिव सन्त कुमार श्रेष्ठले गरेका थिए ।
यसैगरी दशौँ अधिवेशनवाट अध्यक्षमा सर्वसम्मत रूपमा मानध्वज थापा चयन भएका छन् भने उपाध्यक्षमा बेतबहादुर राना, सचिवमा सन्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सहसचिवमा सुमित्रा थापा चयन भएका छन् । यसैगरी सदस्यहरूमा पदम कुमार श्रेष्ठ, कल्पना शाही, दिलमाया थापा, रोशन खनाल लाई चयन गरेको छ ।
त्यस्तै गरी लेखा समितिको संयोजकमा रविचन्द्र आचार्य र सदस्यहरूमा संगिता गुरुङ्ग र सुशील वाग्ले चयन भएका छन् भने सुरक्षा समितिमा रामकुमार श्रेष्ठको संयोजकत्वमा नर बहादुर थापा, भद्र बहादुर शाही, खिमबहादुर आले, बम बहादुर सारु र बालकुमारी रानालाई चयन गरेको छ ।















प्रतिक्रिया