३ कार्तिक २०८३, मंगलबार

निर्वाचन प्रभावित पार्ने सरकारको क्रियाकलापप्रति एमालेको आपत्ति, रकमान्तर र सरुवा रोक्न माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई प्रभावित पार्न सरकारले गरिरहेको अस्वाभाविक क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

निर्वाचन आफ्नो पक्षमा पार्ने उद्देश्य राखेर सरकारले विभिन्न मन्त्रालयमार्फत ठाउँमा विभिन्न गरिरहेको ठूलो परिमाणको रकमान्तर र कर्मचारी सरुवा–बढुवालगायत गतिविधि रोक्न एमालेले जोडदार माग गरेको छ ।

खासगरी सरकारले विभिन्न मन्त्रालयका ४५ अर्ब बजेट जथाभावी रकमान्तर गरेको, सीडीओ र प्रहरी अधिकृतहरूको सरुवा गरेको तथा निर्वाचन अधिकृतहरू हेरफेर गरेको विषयलाई एमालेले गम्भीर रुपमा लिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

आगामी ४ मंसिरको निर्वाचन प्रभावित पार्न सरकारले यी सब गतिविधि गरिरहेको एमालेको भनाइ छ । सरकारले निर्वाचन आचारसंहिता समेत उल्लंघन हुने गरी गरिरहेको गतिविधि रोक्न एमालेले निर्वाचन आयोगसँग माग गरेको छ ।

निर्वाचनको मिति नजिकिदै जाँदा सरकारले गरिरहेको अस्वाभाविक गतिविधिमाथि मुकदर्शक बन्नु आयोग समेत प्रभावमा परेको हुनसक्ने एमालेको आशंका छ । निर्वाचन आचारसंहिता लागू गर्न ढिलाई गरेकोप्रति एमालेले निर्वाचन आयोगको समेत आलोचना गर्दै आएको छ ।

सरकारको यस्ता गतिविधिले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्नसक्ने जानकारीहरू बताउँछन् ।