
अर्घाखाँची, ८ असोज । अर्घाखाँचीमा एक पुरुषले लोहोरो प्रहार गरी आफ्नी श्रीमतीको वीभत्स हत्या गरेका छन् ।
जिल्लाको शीतगंगा नगरपालिका–३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषालले सामानइ घरायसी विवादका क्रममा लोहोरो प्रहार गर्दा उनकी ५० वर्षीया श्रीमती मनकला भुषालको घनास्थलमै मृत्यु भएको हो ।
घटनापछि इलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले पिताम्बरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया