३ कार्तिक २०८३, मंगलबार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, नयाँ ७४ जनामा सङ्क्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २३४ पीसीआर परीक्षणका क्रममा २९ जना र २ हजार ८९२ एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ११६ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार २८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।