४ कार्तिक २०८३, बुधबार

रसुवाका २५ वडाध्यक्षलाई प्रशिक्षण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ८ असोज । नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ ।

बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पटक दुई दिने अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको बताउँदै जिससका उपप्रमुख विजय लामाले यसबाट सरकारको नीति एवं जारी भएका ऐन नियमबमोजिम जनतालाई दिनुपर्ने सेवा प्रभावकारी हुने अपेक्षा गरे ।

जिल्लाका २७ वडाध्यक्षमध्ये २५ जना सहभागी भएका र उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजस्व सङ्कलन, प्रतिवेदन तयार, माइन्युटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्तिको लागि सिफारिस गर्ने तरिकाजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला समन्वय अधिकारी शर्मिला कार्कीले जानकारी दिइन् । यस प्रशिक्षणले वडाबाट सम्पादन गर्ने काम अगाडि बढाउन निकै मद्दत मिल्ने कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिए ।

राजस्व सङ्कलन, सामाजिक सुरक्षा भत्ता वितरण एवं कम्युटरको प्रविधिअनुरुप लेखा व्यवस्थित बनाउने कार्यमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलले प्रशिक्षण दिएको थिए । रासस