५ कार्तिक २०८३, बिहिबार

आफ्नै छोराले खुर्पाले हानेर ज्यान लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudor– सन्दिप भट्ट
चितवन, २५ वैशाख । पश्चिम चितवनको पटिहानीमा छोराले बाबुमाथि खुपाले हिर्काएर ज्यान लिएका छन् । भरतपुर

उपमहानगरपालिका वडा नः २९ पटिहानी स्थित घरमा बसिरहेका ७२ बर्षिय बाबु शम्शेर बहादुर भण्डारीलाई रक्सीले मातिएका ३२ बर्षिय छोरा मिन बहादुर भण्डारीले विहिवार साँझ ६ बजे धारिलो खुर्पा प्रहार गरि हत्या गरेका हुन् ।

बाबु भण्डारीलाई भरतपुर अस्पताल ल्याएर लगत्तै मृत घोषणा गरिएको थियो । भण्डारीले बाबुको काँधमा खुर्पाले हान्दा उनको हात झण्डै छिन्दे अवस्थामा छ । उनको शबलाई अहिले भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

खुर्पा प्रहार गर्ने छोरा मिन बहादुरलाई गीतानगर प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवन ल्याएको छ । मृतक शम्शेर बहादुर एक्लै बस्दै आएका थिए ।

उनकी श्रीमतीको केही बर्ष अघि नै मृत्यु भैसकेको थियो । मृतक शम्शेर भण्डारी र छोरा मिन बहादुर भण्डारीले दैनिक ज्यालादारीको काम गर्दै आफ्नो जीवन निर्वाह गर्दै आएका थिए ।