३ कार्तिक २०८३, मंगलबार

एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान अध्यक्ष ओलीको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसंग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सृजना गर्न खोजेको भन्दै एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

अहिले गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको बिरुद्ध लड्न आफू तयार रहेको पनि उनले बताएका छन् । लोकतन्त्रको पक्षमा लड्न नथाक्ने स्पष्ट पार्दै उनले भने, ‘एमालेप्रति विभिन्न माध्यमबाट अझै हमला हुन सक्दछ । हामी सचेत हुँदै अगाडि बढ्नु पर्दछ ।’

ओलीले अहिले गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काएर सत्तालाई मिलिजुली खाने माध्यम बनाएको धारणा व्यक्त गरेका छन् । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ मुलुकको विकास गर्ने अठोट ओलीको छ ।