३ कार्तिक २०८३, मंगलबार

यी तीन पत्रकारले पाए यो वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । यो वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्ने ५१ हजार रुपैयाँ राशीको पुरस्कार यो वर्ष नेपाल टेलिभिजन र एभिन्यूज टेलिभिजनका पत्रकारहरुले संयुक्त रुपमा प्राप्त गरेका छन् ।

पुरस्कृत हुनेमा नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापा र एभिन्यूज टेलिभिजनका सरोज पौडेल र क्यामरापर्शन सुरेश रजक छन् ।

पुरस्कृतहरुलाई नेपाल टेलिभिजनमा आयोजित विशेष समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कार र सममानपत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई २०६३ सालदेखि वर्षेनी पुरस्कृत गर्दै आएको छ ।