
काठमाडौं, ७ असोज । महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमालेसँग चुनावी तालमेलको इच्छा देखाएको छ ।
सत्ता गठबन्धनसँग चुनावी तालमेलको तयारी गरिरहेको लोसपाले पछिल्लो समय एमालेसँग सहकार्य बढाउने सोच बनाएको लोसपाका नेताहरूले बताएका छन् । गठबन्धनले तालमेल गर्ने भनेर आफूहरूलाई धेरै समय कुराए पनि कुनै निचोड नदिएकोमा लोसपा रुष्ट बनेको छ ।
‘सत्ता गठबन्धनभित्रै सीट बाँडफाँटको विषय झन् झन् पेचिलो र मारामार बन्दै गएको छ । हामी कहिलेसम्म कुरेर बस्ने ? चुनावी तालमेलका लागि एमालेसँग प्रयास भइरहेको छ,’ एक नेताले भने ।
एजेण्डा नमिले पनि चुनावी तालमेल गर्न समस्या नहुने तीन नेताको भनाइ छ । तालमेलका लागि एमालेसँग छलफल चलिरहेको भए पनि पछिल्लो समय पार्टीका केही नेताहरू अस्वस्थ भएकाले निष्कर्षमा पुर्याउन नसकेको बताइएको छ ।















प्रतिक्रिया