३ कार्तिक २०८३, मंगलबार

दुर्घटना न्यूनीकरण गर्न सहसचिवको नेतृत्वमा समिति गठन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिनेगरी गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सरकारले ६ सदस्यीय समिति गठन भएको छ ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणका लागि आवश्यक निर्देशनसमेत दिन सक्नेगरी समिति बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री देउवाले चाडपर्वमा नागरिक सहज तरिकाले आफ्नो घरसम्म पुग्नसक्नेगरी यातायातको व्यवस्थापन हुनुपर्ने बताएका थिए ।

त्यसपछि मन्त्रिपरिषद् बैठकमा गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक बसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति गठन भएको हो ।