१४ कार्तिक २०८३, शनिबार

काठमाडौंमा अर्काे भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौँ, २५ वैशाख । आज बिहान ५ रिक्टर स्केलको भूकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर ६ः१७ बजे भूकम्प गएको हो ।

त्यसैगरी सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ८ः१९ मा ४ः२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् रत्नमणि गुप्ताले जानकारी दिनुभयो ।

गएराति २ः१९ बजे पनि सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर ४ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले हालसम्म ४ रिक्टर स्केलमाथिका १५५ वटा भूकम्प पराकम्पन भएको बताउनुभयो ।

उहाँले स-साना भूकम्पले केही असर नगर्ने भएकाले नआत्तिन आग्रह समेत गर्नुभयो । केही दिनमा भूकम्प आउने क्रम रोकिने भूकम्प मापन केन्द्रले जनाएको छ ।