
काठमाडौं, ७ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी नयाँ योजना र कार्यक्रम कार्यान्वयनमा आएको गुनासो आएपछि आयोगले शुक्रबार अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको हो ।
आयोगले एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै सरकारलाई भनेको छ, ‘सरकारबाट साउन १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिएपश्चात व्यवस्थापिका संसद्बाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र नियकाहरूमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन छ ।’















प्रतिक्रिया