३ कार्तिक २०८३, मंगलबार

सभामुखको पद स्वतः समाप्त भइसक्यो, पदमा बसिरहनु लज्जाको विषय हो : योगेश भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले संसदको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त भएको बताएका छन् ।

सभामुख अग्नीप्रसाद सापकोटा अहिले पनि पदमा बसिरहनु लज्जाको विषय भएको उनको तर्क छ ।

प्रेस चौतारी बाँकेले आज शुक्रबार बिहान नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उनले प्रश्न गर्दै भने, ‘हाम्रो पद जाने, उहाँको पद नजाने कसरी हुन्छ ? म अहिले प्रतिनिधि सभाको सदस्य होइन, अनि उहाँ चाही कसरी सभामुख हुन सक्नुहुन्छ ?’

२०४७ सालको संविधानमा सभामुखको पद रहने व्यवस्था भए पनि २०७२ को संविधानमा त्यो व्यवस्था हटिसकेको सचिव भट्टराईले स्पष्ट पारेका छन् ।